नेशनल लाइफ इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव, साधारण सभा र बुक क्लोज कहिले ?

2020-12-25
नेशनल लाइफ इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव, साधारण सभा र बुक क्लोज कहिले ?

 काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले आ.व २०७५/७६ का लागि १० प्रतिशत बोनस सेयर र बोनस सेयर बापतको कर प्रयोजनका लागि १ करोड ६२ लाख २४ हजार ३५१ रुपैयाँ बराबरको नगद लाभांस वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी ३ अर्ब ८ करोड २६ लाख २६ हजार ५४८ रुपैयाँको १० प्रतिशतले हुन आउने ३० करोड ८२ लाख ६२ हजार ६५५ रुपैयाँ बराबरको बोनस सेयर र १ करोड ६२ लाख २४ हजार ३५१ रुपैयाँ बराबरको नगद लाभांस रहेका छन्। 

यो लाभांस बीमा समितिबाट स्वकृत भएपछि कम्पनीको आगामी माघ १५ गते आयोजना हुने ३२ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ। 

माघ १५ गते आयोजना हुने कम्पनीको ३२ औँ साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेश हुने आ.व २०७५/७६ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै आ.व २०७५/७६ को वासलात, आय व्यय हिसाब, नाफा नोक्सान हिसाब एवम लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। 

उक्त सभामा आ.व २०७६/७७ का लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताप पारित गरिनेछ। 

साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि कम्पनीले आउँदो माघ २ गतेदेखि १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ माघ १ गतेसम्म कायम सेयरधनीहरु मात्रै लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन्। 

 


Share this with your friends: