नेशनल लाइफको मुनाफा ३२.२५ करोड, बीमाशुल्क आर्जन ५३.६८%ले वृद्धि

2021-05-12
नेशनल लाइफको मुनाफा ३२.२५ करोड, बीमाशुल्क आर्जन ५३.६८%ले वृद्धि

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा ८ अर्ब ६९ करोड ३९ लाख २९ हजार २९३ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ५३.६८ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले ५ अर्ब ६५ करोड ७१ लाख ५२ हजार ८८३ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत २ अर्ब १३ करोड ६ लाख २६ हजार १३३ रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको तेस्रो त्रैमाससम्ममा यो रकम १ अर्ब ७९ करोड ४ लाख ८ हजार ६१५ रुपैयाँमा सीमित थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीले २ अर्ब ८३ करोड ९५ लाख ९० हजार ८९५ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम १ अर्ब ८६ करोड ५५ लाख ७० हजार ४१९ रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीले खुद नाफा बढाएको छ। तेस्रो त्रैमासको अन्त्यसम्म कम्पनी ३२ करोड २५ लाख ७० हजार ७२९ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा २.२० प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ३१ करोड ५६ लाख २१ हजार ३४९ ण्   
 रुपैयाँ मुनाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्ममा अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च बढेको छ।

कम्पनीको व्यवस्थापन खर्च ७९ करोड १३ लाख ४६ हजार ५९६ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको व्यवस्थापन खर्च ४९ करोड ६३ लाख ४० हजार ३३० रुपैयाँ थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार बढेर ४० अर्ब २१ करोड ७९ लाख ९८ हजार २९५ रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा २७.५ प्रतिशतले बढी हो।

अघिल्लो वर्ष कम्पनीको जीवन बीमा कोषको आकार ३१ अर्ब ५२ करोड ९२ लाख १७ हजार ९८३ रुपैयाँमा सीमित थियो। अघिल्लो वर्ष ७६ करोड २४ लाख २४ हजार २५९ रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर ८१ करोड १७ लाख २३ हजार ५५४ रुपैयाँको उचाइमा पुगेको छ। 
यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १२.६८ रुपैयाँ, पीई अनुपात ९१.०१ गुणा, प्रतिसेयर नेटवर्थ १३२.०१ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४०८.३९ रुपैयाँ रहेको छ । 


Share this with your friends: