नेशनल लाइफको सीईओमा खत्रीलाई नियुक्त गर्न बीमा समितिद्वारा स्वीकृती प्रदान

2021-05-18
नेशनल लाइफको सीईओमा खत्रीलाई नियुक्त गर्न बीमा समितिद्वारा स्वीकृती प्रदान

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुरेश प्रसाद खत्रीलाई नियुक्त गर्ने प्रस्ताव बीमा समितिबाट स्वीकृत भएको छ।

कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले खत्रीलाई चार वर्षका लागि कम्पनीको सीईओमा नियुक्ती गर्ने प्रस्ताव गरेकोमा बीमा समितिले स्वीकृती प्रदान गरेको हो । 
बीमा समितिबाट स्वीकृति प्राप्त भएसँगै कम्पनीको सञ्चालक समितिले उनलाई सीईओमा नियुक्त गर्नेछ। 

यसअघि कम्पनीका सीईओ भरत बस्तेतको कार्यकाल समाप्त भएपछि खत्रीलाई कायम मुकायम प्रमुख कार्यकारीको जिम्मेवारी दिइएको थियो। कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई उक्त जिम्मेवारी सुम्पिएको थियो।


Share this with your friends: