नेशनल लाइफको संस्थापक सेयरको लिलामी आजदेखि

2021-05-27
नेशनल लाइफको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स ४१ हजार बढी संस्थापक सेयर आज(जेठ १३ गते)देखि लिलामीमा राखेको छ। 

बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफको ४१ हजार ८९६ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। 
सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता रु.५१७ रुपैयाँ निर्धारण गरिएको छ। बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पुर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। 

सेयर बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले एनआईसी एशिया क्यापिटल बबरमहलमा जेठ ३१ गते बैंकिङ समयसम्म बोलपत्र आवेदन पेश गर्नुपर्नेछ। 


Share this with your friends: