नेशनल लाइफको बीमाशुल्क आर्जन २३%ले वृद्धि, अन्य सूचकको अवस्था कस्तो ?

2021-11-16
नेशनल लाइफको बीमाशुल्क आर्जन २३%ले वृद्धि, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्ममा ३ अर्ब ४४ करोड ८२ लाख ४९ हजार ९३० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २३ प्रतिशतले धेरै हो। गत आ।वको पहिलो त्रैमाससम्ममा कम्पनीले २ अर्ब ८० करोड ३२ लाख ९३ हजार ९९७ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ८३ करोड ८५ लाख २७ हजार ४६६ रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको पहिलो त्रैमाससम्ममा यो रकम ६९ करोड ८८ लाख ९ हजार ०८७ रुपैयाँमा सीमित थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीले १ अर्ब ३५ करोड ५२ लाख ३० हजार ५२४ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ८४ करोड ६९ लाख ३४ हजार ८२६ रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा घटेको छ। पहिलो त्रैमासको अन्त्यसम्म कम्पनी ८ करोड ६७ लाख ३९ हजार २६० रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा २६.७२ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले ११ करोड ८३ लाख ७१ हजार ८०४   
रुपैयाँ मुनाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्ममा अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च बढेको छ।

कम्पनीको व्यवस्थापन खर्च २७ करोड ८० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको व्यवस्थापन खर्च २२ करोड २ लाख रुपैयाँ थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार बढेर ४४ अर्ब ८९ करोड १८ लाख २ हजार ५१९ रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा २४.८९ प्रतिशतले बढी हो।

अघिल्लो वर्ष कम्पनीको जीवन बीमा कोषको आकार ३५ अर्ब ९४ करोड २४ लाख ३५ हजार ३६३ रुपैयाँमा सीमित थियो। अघिल्लो वर्ष १ अर्ब १४ करोड २७ लाख १६ हजार ३९५ रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार घटेर ९६ करोड ५ लाख ६४ हजार ७७४ रुपैयाँमा सीमित भएको छ। 

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १०.२३ रुपैयाँ, पीई अनुपात ९४.०५ गुणा, प्रतिसेयर नेटवर्थ १३६.८९ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५५९.१५ रुपैयाँ रहेको छ । 


Share this with your friends: