नेसनल लाइफको संस्थापक सेयर लिलामीमा

2022-01-12
नेसनल लाइफको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको ५९ हजार १९२ कित्ता संस्थापक सेयर आज(पुस २८ गते)देखि लिलामीमा राखिएको छ । 

सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता रु३८७.३० रुपैयाँ निर्धारण गरिएको छ। बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पुर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। 

सेयर बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले एनआईसी एशिया क्यापिटल बबरमहल एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय विराटनगर,आर्दशनगर विरगंज,पोखरा,श्रवणपथ बुटवल,हस्पिटल लाइन धनगढी र विरेन्द्रचोक सुर्खेतमा आगामी माघ ५ गते बैंकिङ समयसम्म बोलपत्र आवेदन पेश गर्नुपर्नेछ। 


Share this with your friends: