प्रभु र सिद्धार्थ इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2022-03-30
प्रभु र सिद्धार्थ इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रभु इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत १६ गते) अन्तिम दिन रहेको छ । लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि प्रभु इन्स्योरेन्सले चैत १७ गतेदेखि साधारण सभा नहुन्जेलसम्मका लागि र सिद्धार्थ इन्स्योरेन्सले चैत १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरसधनीहरुमात्रै यी कम्पनीहरुद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन् । 

प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ का लागि ११ प्रतिशत बोनस सेयर र ०.५८ प्रतिशत नगद लाभांस गरी कुल ११.५८ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । त्यस्तै सिद्धार्थ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ का लागि १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांस गरी कुल १५.७८९५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । 


Share this with your friends: