प्रिमियर इन्स्योरेन्सका लगानीकर्ता हुने भए खालि हात

2020-08-09
प्रिमियर इन्स्योरेन्सका लगानीकर्ता हुने भए खालि हात

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्सले यो वर्ष लगानीकर्तालाई कुनै लाभांश नदिने भएको छ । 

लाभांशको आशामा यो कम्पनीको सेयरमा लगानी गरिरहेका लगानीकर्तालाई निराश पार्ने गरी कम्पनीको संचालक समितिको निर्णय आएको हो । 

यो कम्पनीको फागुन ८ गते  साँझ बसेको २७७ औं बोर्ड बैठकले  नेपाल वित्तीय प्रतिवेदन मान(एनएफआरएस)को आधारमा आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण तयार पार्दा मुनाफाबाट लाभांश तथा बोनस सेयर वितरण गर्न नमिल्ने भएको उल्लेख गर्दै सो आर्थिक वर्षका लागि कुनै लाभांश वितरण नगरिएको प्रष्ट पारेको छ। 

लाभांशकै आशामा यो कम्पनीको सेयर मूल्य दोश्रो बजारमा एक महिनाको अवधिमा प्रतिकित्ता ५०० रुपैयाँबाट बढेर ७०० माथि पुगिसकेको छ ।  


Share this with your friends: