बीमा कम्पनीहरुको पुँजीवृद्धिको निर्णय गर्न समितिको बोर्ड बैठक बस्दै

2022-03-24
बीमा कम्पनीहरुको पुँजीवृद्धिको निर्णय गर्न  समितिको बोर्ड बैठक बस्दै

काठमाण्डौ । बीमा समितिले बीमा कम्पनीहरुको पूँजी वृद्धि गर्ने तयारी गरेको छ । समितिले यसका लागि आज ५ः१५ बजे  बोर्ड बैठक बोलाएको छ । 

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुको पुँजीवृद्धिको योजनाका बारेमा छलफल गर्न बोर्ड बैठक बोलाएको बताएका छन् । 
’बीमा कम्पनीहरुको पुँजी वृद्धिको विषयमा छलफल गर्न बोर्ड बैठक बोलाएका हौँ । बैठकमा यस विषयमा छलफल हुन्छ । छलफलपछि पुँजी वृद्धि गर्ने वा नगर्ने भन्ने बारे निर्णय गर्छौ । ’अध्यक्ष सिलवालले भने । 

स्रोतका अनुसार समितिले बीमा कम्पनीहरुको पुँजी दोब्बरले वृद्धि हुन सक्छ । जीवन बीमा कम्पनीहरुको चुक्तापूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको साढे दुई  अर्ब सम्म वृद्धि गरिने सभावना उच्च रहेको स्रोतले जनाएको छ । 

सन्तोष रिजालको संयोजकत्वमा गठन भएको कार्यदलले जीवन तथा निर्जीवन दुवै बीमा कम्पनीहरुको पूँजी वृद्धि योजनका बारेमा बिस्तृत अध्ययनसहितको प्रतिवेदन बीमा समितिमा बुझाइसकेको छ । उक्त प्रतिवेदनमा समेत बीमा कम्पनीको पुँजी वृद्धिको आवश्यकता रहेको उल्लेख गरिएको छ । 

आजै बस्न गईरहेको समितिको बोर्ड बैठकमा लघुबीमा कम्पनीहरुलाई लाइसेन्स दिनेबारे समेत निर्णय हुने स्रोतले जानकारी दिएको छ । 


Share this with your friends: