बैंक धाउनुपर्ने बाध्यताबाट छुटकारा, अब घरबाटै एनआईसी एसियाको चेक जम्मा गर्न मिल्ने

2020-09-21
बैंक धाउनुपर्ने बाध्यताबाट छुटकारा, अब घरबाटै एनआईसी एसियाको चेक जम्मा गर्न मिल्ने

काठमाण्डौ। एनआईसी एसिया बैंक लिमिटेडले देशको बैंकिङ इतिहासमै एउटा नयाँ प्रणालीको सुरुवात गरेको छ। बैंकले ग्राहकले घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी यो बैंकको चेक आफ्नो वा आफूले चाहेको खातामा जम्मा गर्न अनलाइनबाटै भौचर भर्न मिल्ने प्रणालीको शुभारम्भ गरेको हो। 
बैंकका ग्राहकले आफ्नो मोबाइल वा कम्प्युटरमार्फत https://www.iserve.nicasiabank.com  लिंकमा गई चेक जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सक्नेछन्। 
उक्त लिंकभित्र  सेवाग्राहीका लागि भौतिक फारमकै ढाँचाको डिजिटल भौचर राखिएको छ। 
उक्त भौचरमा आफूलाई पायक पर्ने शाखा छनोट गरी आवश्यक विवरणहरु भरिसकेपछि बैंकबाट सेवाग्राहीलाई एसएमएसमार्फत डिपोजिट कोड पठाइनेछ र त्यसपछि उक्त डिपोजिट कोडसहित सेवाग्राही सीधै बैंकको शाखामा उपस्थित भई बिना कुनै भौचर सोझै काउन्टरमार्फत आफूले चेक जम्मा गर्न चाहेको खातामा चेक जम्मा गर्न सकिनेछ। 
यसरी चेक जम्मा गर्दा सेवाग्राहीले काउन्टरमा बसेको बैंकको कर्मचारीलाई आफ्नो डिपोजिट कोड भनेपछि चेक बुझ्ने र यसपछि बैंकका कर्मचारीद्वारा चेक जम्मा भएको भौचर सम्बन्धित सेवाग्राहीलाई प्रदान गरिने बैंकले जनाएको छ। बैंकले ल्याएको अनलाइनबाटै भौचर भर्न सकिने सुविधाले लाइन नबसी सेवा लिन सकिने हुनाले काउन्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने परम्पराको अन्त्य हुने बैंकले विश्वास लिएको छ। 
चेक जम्मा गर्ने भौचर अनलाइन भर्ने यस सेवाको अलावा बैंकले नगद रकम जम्मा गर्ने भौचरसमेत अनलाइन प्रणालीबाट भर्ने प्रणाली ल्याइसकेको छ भने सेवाग्राही आफैँ बैंकको शाखा पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने ‘डिजिटल अकाउन्ट ओपनिङ’ प्रणालीको समेत सुरुआत गरिसकेको छ। साथै  मोबाइल बैंकिङ सेवा नवीकरण, अनब्लक, ब्लक, तथा पिन रिसेट गर्ने एवं मौदात विवरण, चेक अनुरोध, ई–कमर्श दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध, एबीबीएस सुविधा र स्टेटमेन्ट अनुरोध गर्नका लागिसमेत यस ष्क्भचखभ मार्फत सेवा दिइरहेको छ र उक्त सेवाहरू ष्क्भचखभ मार्फत लिँदा सतप्रतिशतसम्म शुल्क छुटको व्यवस्था गरिएको छ। 

Share this with your friends: