बैंक अफ काठमाण्डूको ‘बीओके स्मार्ट सेभिङ्स अकाउन्ट’ सार्वजनिक

2022-01-02
बैंक अफ काठमाण्डूको ‘बीओके स्मार्ट सेभिङ्स अकाउन्ट’ सार्वजनिक

काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले ग्राहकको उच्चतम लाभलाई मध्यनजर गर्दै ‘बीओके स्मार्ट सेभिङ्स अकाउन्ट’ सार्वजनिक गरेको छ। 

‘कारोबार अब अझ फटाफट’ भन्ने मूलनाराका साथ ग्राहकलाई बैंकिङ सेवाहरुमा थुप्रै छुटहरुका साथ उच्चतम ब्याजदरको व्यवस्थासहित बैंकले उक्त बचत खाता सञ्चालनमा ल्याएको हो। 

उक्त बचत खाता ग्राहकले प्रविधिको प्रयोग गरी अनलाइनका माध्यमबाट पनि खाता खोल्न सक्नेछन्। यस बचत खाता खोल्दा ग्राहकले ६.५५% वार्षिक ब्याजदरसहित मोबाइल बैंकिङ शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा, बीओके ई–कम डलर कार्ड जारी शुल्कमा ५०% को छुट तथा अन्य बैंकिङ सेवाहरुमा धेरै छुटहरुको फाइदा उपयोग गर्न सक्नेछन्। 

थुप्रै छुट अनि धेरै सुविधाहरुसहित बैंकले सार्वजनिक गरेको उक्त बचत खाताले ग्राहकको बैंकिङ कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ। 

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालय, ८४ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। 


Share this with your friends: