मञ्जुश्री फाईनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

2021-02-05
मञ्जुश्री फाईनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । मञ्जुश्री फाईनान्स लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(माघ २३ गते) अन्तिम दिन रहेको छ । कम्पनीको रु. ५० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिन आज अन्तिम दिन रहेको हो । 

कम्पनीले गत माघ १८ गते देखि रु १ हजार अंकित दरका ५ लाख कित्ताले हुन आउने रु.५० करोड बराबरको ऋणपत्र निष्कासन गरेको थियो । कुल निष्कासनमध्ये ३ लाख कित्ता ऋणपत्रले हुन आउने कूल ३० करोड ऋणपूँजी व्यक्तिगत तवरबाट र २ लाख कित्ता ऋणपत्रले हुन आउने २० करोड रुपैयाँ ऋणपूँजी सर्वसाधारणका लागि निष्कासन गरिएको हो । यसमध्ये ५ प्रतिशत अर्थात १० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

मागभन्दा बढी ऋणपत्रका लागि आवेदन परेकाले ऋणपत्रको निष्कासन आज(माघ २३ गते) बन्द गर्न लागिएको कम्पनीले जनाएको छ । इच्छुक लगानीकर्ताले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।   

यो ऋणपत्र ८ वर्षे अवधिको हुनेछ र यसको वार्षिक ब्याजदर ९.५ प्रतिशत हुनेछ । 

 


Share this with your friends: