महालक्ष्मी लाइफद्वारा २.५४ करोड मुनाफा आर्जन, जीवन बीमा कोषको आकार ५८.८५ %ले बढ्यो

2021-11-15
महालक्ष्मी लाइफद्वारा २.५४ करोड मुनाफा आर्जन, जीवन बीमा कोषको आकार ५८.८५ %ले बढ्यो

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्ममा ३२ करोड ५२ लाख ७१ हजार ४८४ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ३९.२५ प्रतिशतले धेरै हो। अघिल्लो आ.वको त्रैमाससम्ममा कम्पनीले २३ करोड ३५ लाख ९१ हजार ६९३ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। 

यस्तै समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत २ करोड ८५ लाख ४२ हजार ९१८ रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको पहिलो त्रैमाससम्ममा यो रकम १ करोड ८४ लाख ९८ हजार ९३७ रुपैयाँमा सीमित थियो। 

त्यस्तै समीक्षा अवधिसम्ममा कम्पनीले ४ करोड ६० लाख ७७ हजार ११६ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम १९ लाख ७ हजार ५०० रुपैयाँ थियो।  
 
पहिलो त्रैमाससम्ममा कम्पनीले खुद नाफा बढाएको छ। पहिलो त्रैमासको अन्त्यसम्म कम्पनी २ करोड ५४ लाख ५७ हजार ४६९ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा ४.८९ प्रतिशतले बढी हो। अघिल्लो वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले २ करोड ४२ लाख ७१ हजार ०८७ रुपैयाँ मुनाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च बढेको छ। कम्पनीको व्यवस्थापन खर्च ५ करोड ५८ लाख ४७ हजार ७८३ रुपैयाँ छ। अघिल्लो वर्ष कम्पनीको व्यवस्थापन खर्च ५ करोड ३८ लाख ८४ हजार ६०१ रुपैयाँ थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार बढेर १ अर्ब ५३ करोड ७८ लाख ६७ हजार ६५१ रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा ५८.८५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको जीवन बीमा कोषको आकार ९६ करोड ८१ लाख ५२ हजार १३९ रुपैयाँमा सीमित थियो। 

अघिल्लो वर्ष १० करोड ४४ लाख ११ हजार ७०४ रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार घटेर २० करोड ८९ लाख ६३ हजार ४६८ रुपैयाँको उचाइमा पुगेको छ। 

त्यस्तै समीक्षा अवधिसम्म कम्पनीले ३ हजार ४३५ बीमालेख जारी गरेको छ। अघिल्लो वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ३ हजार ५०४ बीमालेख जारी गरेको थियो। 


Share this with your friends: