महालक्ष्मी विकास बैंकद्वारा बाँसगढी नगरपालिकालाई ‘ट्री गार्ड’ प्रदान

2022-01-05
महालक्ष्मी विकास बैंकद्वारा बाँसगढी नगरपालिकालाई ‘ट्री गार्ड’ प्रदान

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडकोे बाँसगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बर्दियाको बाँसगढी नगरपालिकास्थित महेन्द्र राजमार्गमा रहेका बोटबिरुवाको संरक्षणका उद्देश्यका साथ १० थान ‘ट्री गार्ड’ सहयोगस्वरुप प्रदान गरेको छ। 

ट्री गार्ड हस्तान्तरण कार्यक्रममा नगरपालिकाका कार्यकारी प्रमुख धनबहादुर चन्द, बाँसगढी उद्योग वाणिज्य संघका महासचिव युगपति पौडेल तथा बिभिन्न बैंक तथा वित्तिय संस्थाका प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो। आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ।  

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ। 

बैंकले ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ। समग्रमा चिप बेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एकमात्र विकास बैंकमा महालक्ष्मी रहेको छ। 


Share this with your friends: