महालक्ष्मी विकास बैंकद्वारा नन्दी माविलाई आर्थिक सहयोग

2022-03-15
महालक्ष्मी विकास बैंकद्वारा नन्दी माविलाई आर्थिक सहयोग

काठमाण्डौ। विगत २७ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्ने उद्देश्यले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको दरबारमार्ग शाखाले काठमाण्डौको नक्सालस्थित श्री नन्दी माध्यमिक विद्यालयलाई खेलकुदका सामग्री तथा पानी ट्यांकीका लागि ५० हजार रुपैयाँबराबरको आर्थिक सहयोग प्रदान गरेको हो। विद्यालयको प्राँगणमा आयोजित एक कार्यक्रमबीच उक्त सहयोग रकम प्रदान गरिएको हो। 

विद्यालयमा अध्ययनरत बालबालिकालाई गुणस्तरीय शिक्षा सँगसँगै शारीरिक तथा बौद्घिक विकासका लागि खेलकुद अपरिहार्य भएको र कोभिड ̵ १९को जोखिमलाई न्यूनीकरण तथा अन्य संक्रमित रोगबाट बच्न सहयोग पुग्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको दरबारमार्ग शाखा प्रबन्धक प्रकाश घिमिरेले बताए। यस सहयोगबाट विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीको स्वस्थ जिवनयापनमा मद्दत पुग्ने विश्वास बैंकले लिएको छ। 

कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक गीता काफ्लेले बैंकले विद्यालयलाई विगतमा पनि बास्केटबल कोर्ट तथा टेबल टेनिस कोर्ट तयार गर्न सहयोग गरेको व्यहोरा जानकारी गराउँदै बैंकले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरिन्। 

बैंकको कर्पोरेट कम्युनिकेसन विभागका प्रमुख अमितकुमार झाले विद्यार्थी देशका कर्णधार भएकोले गुणस्तरीय शिक्षा तथा खेलकुद अपरिहार्य रहेकोले यस सहयोगले विद्यार्थीको सर्वांगिण  विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे। 

आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने बैंकले जनाएको छ। 

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ। 

बैंकले ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ। समग्रमा चिप बेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एकमात्र विकास बैंकमा महालक्ष्मी रहेको छ। 


Share this with your friends: