महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई पानी ट्यांकी र डस्टबिन सहयोग

2022-03-21
महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई पानी ट्यांकी र डस्टबिन सहयोग

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको साँफेबगर शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत साफेबगरस्थित सूर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा डस्टबिन सहयोग गरेको छ। विद्यालय प्राँगणमा आयोजित एक विशेष कार्यक्रमका बीच स्वच्छ खानेपानीका लागि एक हजार र पाँच सय लिटरको एक–एक हिल ट्यांक र डस्टबिन हस्तान्तरण गरिएको साँफेबगर शाखाका प्रबन्धक पुनित शाहले जानकारी गराए। 

विद्यालयको प्राकृतिक वातावरणलाई सफा र स्वच्छ राख्न तथा खानेपानीमा सहजता हुने उद्देश्यले डस्टबिन र पानी ट्यांकी सहयोग गरिएको बैंकले जनाएको छ। सरसफाइ सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालय व्यावथापन समितिका अध्यक्ष रवीन्द्रबहादुर शाहले विद्यालयलाई धन्यावाद ज्ञापन गरेका छन्। 

आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने बैंकले जनाएको छ। 

विगत २७ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ। बैंकले ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ। समग्रमा चिप बेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एकमात्र विकास बैंकका रुपमा महालक्ष्मी रहेको छ। 


Share this with your friends: