महिलाहरुका लागि किन आवश्यक छ जीवन बीमा ? यस्ता छन् कारण

2022-03-08
महिलाहरुका लागि किन आवश्यक छ जीवन बीमा ? यस्ता छन् कारण

काठमाण्डौ । नेपालमा बीमा बजार निरन्तर विस्तार भईरहेको छ। बीमा समितिको तथ्यांकअनुसार नेपालको कुल ३५.१८ प्रतिशत जनसंख्यामा  बीमाको दायरा विस्तार भएको छ । 
 
समितिका अनुसार माघ मसान्तसम्ममा म्यादी र बैदेशिक रोजगार बीमालेख सहित बीमाको पहुँच ३५.१८ प्रतिशत पुगेको हो । गत आर्थिक वर्षको माघ मसान्तसम्ममा बीमाको पहुँचमा रहेको जनस्रख्या  २५।६९ प्रतिशत रहेको थियो ।
 
देशमा बीमाको दायरा विस्तारको चरणमा रहेकाले नविन दृष्टिकोण हुन आवश्यक देखिन्छ। वित्तीय प्रडक्टका रुपमा बीमाले आजको जटिल वित्तीय विश्व संरचनामा महत्वपूर्ण स्थान ओगटेको छ। वर्तमान अवस्थामा मावन जीवनका प्रत्येक क्षेत्रमा जोखिम बढेकाले बीमाको महत्व अझै बढ्दै गएको छ। बीमाको महत्व पुरुष,महिला,बालक,बृद्ध र हर तह र तप्काका मानिसहरुका लागि समान रुपमा रहेको छ। 
 
नेपाली महिलाहरु वर्षौदेखि उत्पीडनमा परेको र आफ्नो वित्तीय स्वतन्त्रताका लागि संघर्ष गरिरहेकाले उनीहरुलाई बीमाको आवश्यक अन्यको भन्दा धेरै छ भन्दा फरक नपर्ला। 
 
आज अन्तराष्ट्रिय नारी दिवस परेकाले बीमामा महिलाहरुको पहुँच र यसले उनीहरुको जीवनमा पार्न सक्ने सकारात्मक प्रभावहरुका बारेमा चर्चा गर्न सान्दर्भिक देखिन्छ।  
 
महिलाहरुले सस्तैमा पाउन सक्छन् बीमा सेवा
 
महिलाहरुका लागि जीवन बीमाको सबेभन्दा महत्वपूर्ण फाइदा यो हो कि उनीहरुलाई यो सस्तो पर्ने गर्छ। कयौँ अनुसन्धानका अनुसार पुरुषको तुलनामा महिलाहरुको आयु लामो हुने गर्छ। जसका कारण महिलाहरुका लागि जीवन बीमा सस्तो पर्ने गर्छ। यस्तो प्रायःगरेर कभरेजको विषयमा हुने गर्छ। त्यस्तै कम उमेरमा पोलिसी खरिद गर्दा यसले लागत कम गर्न सहयोग गर्ने गर्छ। उमेर बढ्दै जादाँ प्रिमियर पनि बढ्दै जान्छ। 
 
परिवारको आयमा योगदान
 
परम्परागत रुपमा नेपाली महिलाहरु साना–साना बचतका लागि परिचित छन्। तथापी अब महिला लक्षित बीमा योजनाहरु मार्फत महिलाहरुले आफ्नो बचतमा राम्रो प्रतिफल पाउन सक्छन्। यसले उनीहरु वित्तीय रुपमा सुरक्षित हुनुका साथै परिवारको आयमा योगदान पुर्याउन सक्छन्। 
यतिबेला महिलाहरु वर्कफोर्समा जोडिने क्रम वृद्धि भईरहेको छ। रोजगारमा पुहँच वृद्धिभएसँगै उनीहरु स्वतन्त्र रुपमा पैसा कमाईरहेका छन्। यहि अनुपातमा महिलाहरुले आफनो आयलाई सुरक्षित गर्न आवश्यक हुन्छ। यस्तोमा जीवन बीमा उनीहरुको वित्तीय स्वतन्त्रता तथा दिर्घकालिन बचतलाई बढावा दिने राम्रो विकल्प साबित हुन सक्छ। 
 
जीवन बीमा काम गर्ने वा रोजगार भएका महिलाहरुका लागि मात्रै नभई सबै महिलाका लागि उत्तिनै महत्वपूर्ण हुन्छ। जीवन बीमाले महिलाहरुलाई जीवनको विभिन्न मोडहरुमा वित्तीय स्वतन्त्रता प्रदान गर्ने गर्छ। जीवन बीमाबाट प्राप्त हुने प्रतिफलले महिलाहरुलाइ विभिन्न खर्च धान्न सहयोग गुर्नका साथै परिवारलाई समेत वित्तीय सुरक्षा प्रदान गर्न सहयोग पुर्याउछ। 
 
गर्भावस्थाका बेला सहयोगी 
 
गर्भवती महिलाहरुले जीवन बीमा पोलिसी प्राप्त गर्न सक्दैनन् भन्ने झुठो कुरा हो। गर्भवती भएका बेला महिलाहरुलाई व्यापक कभरेज प्रदान गर्ने सहि बीमा सेवा प्रदायकसँग सम्पर्क गर्न आवश्यक हुन्छ। सधै बच्चाको जन्म हुनुभन्दा पहिले जीवन बीमा पोलिसी खरिद गर्न सल्लाह दिने गरिन्छ। तर बच्चाको जन्मपश्चात पोलिसी खरिद गर्नु एक प्रकारको गल्ती साबित हुन सक्छ। यसको कारण यो हो कि गर्भावस्थाका बेला महिलाहरुले अस्थायी रुपमा केहि समस्याहरुबाट गुज्रनुपर्ने हुन सक्छ। यस्तोमा उनीहरुलाई अधिक कभरेज प्राप्त गर्न समस्या हुन सक्छ वा धेरै प्रिमियम तिर्नुपर्ने हुनसक्छ। 
 
भावी पुस्ताका लागि फाइदा
 
महिलाहरुले गर्ने बीमाको फाइदा उनीहरुको भावी पुस्ताका लागि समेत हुने गर्छ। यो भावी पुस्ताका लागि धन सञ्चय गर्न आर्दश माध्यम साबित हुन सक्छ। यसका साथै यसले उनीहरु नरहदा पनि उनीहरुका बालबालिका तथा नातिनतिनाहरुले बीमा रकम प्राप्त गर्ने सुनिश्चित गर्छ।  
tips   

Share this with your friends: