मेट लाइफको बीमाशुल्क आर्जन ११.५४%ले बढ्यो, मुनाफामा भने १०.५८%ले घट्यो

2021-11-21
मेट लाइफको बीमाशुल्क आर्जन ११.५४%ले बढ्यो, मुनाफामा भने १०.५८%ले घट्यो

काठमाण्डौ । मेट लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्ममा १ अर्ब ३० करोड ३५ लाख ४३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ११.५४ प्रतिशतले धेरै हो। गत आ.वको पहिलो त्रैमाससम्ममा कम्पनीले १ अर्ब १६ करोड ८६ लाख ६८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ४२ करोड ४९ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको पहिलो त्रैमाससम्ममा यो रकम ४० करोड ९६ लाख ११ हजार रुपैयाँमा सीमित थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीले १ अर्ब ५ करोड ७१ लाख ३५ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ८८ करोड २० लाख २४ हजार रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा घटेको छ। पहिलो त्रैमासको अन्त्यसम्म कम्पनी ६ करोड ७५ लाख २४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा १०.५८ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले ७ करोड ५५ लाख ११ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्ममा अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च बढेको छ।

कम्पनीको व्यवस्थापन खर्च १३ करोड १९ लाख ३७ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको व्यवस्थापन खर्च १० करोड ६५ लाख ७२ हजार रुपैयाँ थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार बढेर १९ अर्ब ७४ करोड ५९ लाख ५६ हजार रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा ७.५९ प्रतिशतले बढी हो।

अघिल्लो वर्ष कम्पनीको जीवन बीमा कोषको आकार १८ अर्ब ३५ करोड २४ लाख ८१ हजार रुपैयाँमा सीमित थियो। अघिल्लो वर्ष २ अर्ब ५० करोड ५२ लाख ५१ हजार रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर २ अर्ब ७४ करोड ५ लाख ४७ हजार रुपैयाँ भएको छ।  


Share this with your friends: