युनाइटेड इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

2020-12-29
युनाइटेड इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा डाकेको हो।

बैठकले आउँदो माघ ७ गते बुधबार ललितपुर कुपण्डोल स्थित होटल हिमालयमा भर्चुअल मिटिङ मार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ। 

उक्त सभामा बीमा समितिको स्वीकृती बमोजिम संस्थापक समूह र सर्व साधारण समूहको सेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताप पारित गरिनेछ। 

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आ.व २०७५/७६ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवतरण सहित अनुसूचीहरु पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

साधारण सभा प्रयोजनका लागि कम्पनीले आउँदो पुस २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। 


Share this with your friends: