युनाइटेड इन्स्योरेन्सको लोगो परिवर्तन

2021-01-17
युनाइटेड इन्स्योरेन्सको लोगो परिवर्तन

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको लागो परिवर्तन गरिएको छ। गत माघ १ गते आयोजना भएको“युनाइटेड इन्स्योरेन्स भर्चुअल इभेन्ट ” कार्यक्रम मार्फत कम्पनीको नयाँ लागो सार्वजनिक गरिएको हो । यो कार्यक्रम कम्पनीको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो। 

उक्त भर्चुअल कार्यक्रममा कम्पनीकि निमित्त सीईओ उपासना पौडेल र व्यापार प्रबर्धन तथा रणनिति विभागका प्रमुख आदर भण्डारीले कम्पनीको लागोका बारेमा विस्तुत रुपमा बताउनुका साथै कम्पनीका अध्यक्ष रविभक्त श्रेष्ठले समेत आफ्नो धारणा राखेका थिए। यसका साथै उक्त कार्यक्रममा अहिलेका युवापुस्ता माझ निकै लोकप्रिय बनेका गायक स्वप्न सुमन र चर्चित संगितकार तथा गायक कालिप्रसाद बास्कोटाले आफ्नो सांगितिक प्रस्तुति पस्केका थिए।   

 


Share this with your friends: