युनाइटेड इन्स्योरेन्सको सीईओमा पौडेल नियुक्त

2021-05-02
युनाइटेड इन्स्योरेन्सको सीईओमा पौडेल नियुक्त

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा उपासना पौडेल नियुक्त भएकि छन्। कम्पनीको वैशाख १६ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। 

बैठकले उनलाई वैशाख १६ गतेदेखि नै लागू हुने गरी कम्पनीको सीईओ पदमा चार वर्षका लागि नियुक्त गरेको हो। यससँगै उनी बीमा क्षेत्रको पहिलो महिला सीईओ बनेकि छन् । गत कात्तिक २४ गते कम्पनीका कामु सिईओ रमेशकुमार भट्टराईको करार अवधि थप नभएपछि उपासना पौडेल कम्पनीको निमित्त सीईओमा कार्यतर रहदै आएकि थिइन। 

 


Share this with your friends: