यूनाइटेड इन्स्योरेन्सका दुई सञ्चालकको कार्यकाल थप

2022-01-06
यूनाइटेड इन्स्योरेन्सका दुई सञ्चालकको कार्यकाल थप

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक विलसनमान रञ्जित र निराजन तुलाधरको कार्यकाल थप गरिएको छ । कम्पनीको सञ्चालक समितिमा सर्वासाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने रञ्जित र तुलाधरको कार्यकाल सञ्चालक समितिको ३६३ औँ बैठकले थप गरेको हो । 
दुवै सञ्चालकको कार्यकाल आगामी पुस २६ गते समाप्त हुने हुँदा आगामी वार्षिक साधारण सभा नभएसम्मका लागि कार्यकाल थप गरिएको कम्पनीले जनाएको छ ।  


Share this with your friends: