युनाइटेड इन्स्योरेन्सको सेयर रजिष्ट्रारको रुपमा नविल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

2020-11-03
युनाइटेड इन्स्योरेन्सको सेयर रजिष्ट्रारको रुपमा नविल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको सेयर रजिष्ट्रारको रुपमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ। 

नविल इन्भेष्टमेन्ट बैंकिङलाई कात्तिक १ गतेदेखि लागु हुनेगरी कम्पनीको सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरिएको युनाइटेड इन्स्योरेन्सले एक सूचना जारी गर्दै जनाएको छ। 

सेयर रजिष्ट्रारको रुपमा नियुक्त भएपछि नविल इन्भेष्टमेन्ट बैंकिङले अब युनाइटेड इन्स्योरेन्सको सेयर कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरधनी लगत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु गर्नेछ।  

 


Share this with your friends: