युनाईटेड इन्स्योरेन्सबाट बिदा भए भट्टराई

2020-11-10
युनाईटेड इन्स्योरेन्सबाट बिदा भए भट्टराई

काठमाण्डौ । युनाईटेड इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडका कामु सिईओ रमेश कुमार भट्राई कम्पनीबाट बिदा भएका छन्। करारमा नियुक्त भएका भट्टराईको सम्झौता नविकरण नभएपछि उनलाई बिदाई गरिएको हो। 

गत असार १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले इन्स्योरेन्सका नायव महाप्रबन्धक भट्टराईलाई कामु सीईओमा नियुक्त गरेको थियो। कम्पनीले असार ४ गते सोमबारदेखि लागू हुने गरी भट्टराईलाई सो पदमा नियुक्त गरेको थियो। 

त्रिभुवन विश्वविद्यालयबाट एमबिएसम्मको अध्ययन गरेका भट्टराईले यूनाईटेड ईन्स्योरेन्स, प्रुडेन्सियल ईन्स्योरेन्स र नेको ईन्स्योरेन्स सहित करिब १९ वर्ष बीमा व्यवसायको अनुभव संगालेका उनलाई अर्काे व्यवस्था नभएसम्मका लागि कामु सीईओमा नियुक्त गरिएको थियो। 

तत्कालिन सीइओ शेखर बरालले १ वर्ष कार्यकाल बाँकी रहँदै पदबाट राजिनामा दिएपछि रिक्त पदमा रमेश कुमार भट्राइलाई का.मु सिईओमा नियुक्त गरिएको थियो । बरालले असार १ गतेदेखि लागू हुनेगरी राजिनामा दिएका थिए । 

 


Share this with your friends: