युनाईटेड इन्स्योरेन्सको निमित्त सिईओमा पौडेल नियुक्त

2020-11-18
युनाईटेड इन्स्योरेन्सको निमित्त सिईओमा पौडेल नियुक्त

काठमाण्डौ । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल)लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा उपासना पौडेल नियुक्त भएकी छिन् । 

गत कात्तिक २४ गते कम्पनीका कामु सिईओ रमेशकुमार भट्टराईको करार अवधि थप नभएपछि उनलाई कम्पनीबाट बिदाई गरिएको थियो । भट्टराईको बिदाईपछि रिक्त रहेको कम्पनीको सिईओ पदमा कम्पनी सञ्चालक समितिको बैठकले नायब सीईओ पौडेललाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । 

 


Share this with your friends: