यूनाइटेड इन्स्योरेन्स र नेपाल चिकित्सक संघबीच सम्झौता

2020-12-23
यूनाइटेड इन्स्योरेन्स र नेपाल चिकित्सक संघबीच सम्झौता

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र नेपाल चिकित्सक संघ बीच निर्जीवन बीमा सेवा आदान प्रदान सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल तथा नेपाल चिकित्सक संघका तर्फबाट अध्यक्ष डा लोचन कार्कीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात् चिकित्सक संघमा आबद्ध सदस्यहरुको कम्पनीले प्रदान गर्ने विविध बीमा सेवामा सरल पहुँच हुने तथा दाबी भुक्तानी प्रक्रियामा थप सहजता हुने कम्पनीले जनाएको छ।

 


Share this with your friends: