यूनाइटेड इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

2021-07-25
यूनाइटेड इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको ३५९ औँ बैठकले कम्पनीको २७ औँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी साउन ३१ गते आइतबारका दिन भर्चुअलमाध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आ.व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यस्तै लेखापरीक्षणको प्रतिवेदन सहित आ.व २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनेछ । 

सभामा आर्थिक वर्ष २०७७/७८ का लागि बाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी साउन २० गतेदेखि साधारण सभा नहुन्जेलसम्मका लागि बुक क्लोज गर्न निर्णय गरेको छ । 


Share this with your friends: