यूनाइटेड इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने

2022-01-06
यूनाइटेड इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने

काठमाण्डौ । यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडले बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्तिहरुको सुविधालाई मध्यनजर गर्दै निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले यो तालिम अनलाइन माध्यम जुम मार्फत आगामी पुस २८ गतेदेखि ३० गतेसम्म कम्पनीको केन्द्रिय कार्यालय ट्रेड टावर थापाथली काठमाण्डौमा सञ्चालन गर्न लागेको हो। 

यो तालिममा भाग लिन ईच्छुक व्यक्तिहरुले नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी(न्युनतम एसएलसी) हालै खिचिएको पासपोर्ट साइजको फोटो(३ प्रति), संस्थाको हकमा सिफारिस पत्र, स्थायी लेखा नम्बर, कम्पनीको नाममा रहेको एनआईसी एशिया बैंकमा दस्तुर ५ सयको भौचरको प्रमाण पेश गरी इमेल पठाउनुपर्नेछ। निवेदन पठाउँदा इमेल तथा मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ। 

 ईच्छुक व्यक्तिले पुस २५ गतेभित्र कम्पनीको इ–मेल ठेगाानामा निवेदन पेश गर्नुपर्नेछ।   


Share this with your friends: