रसुवागढी हाइड्रोपावरको घाटा रु.२.४६ करोड, अन्य वित्तीय सूचकको अवस्था कस्तो ?

2021-05-26
रसुवागढी हाइड्रोपावरको घाटा रु.२.४६ करोड, अन्य वित्तीय सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको घाटामा रहेको छ। 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले २ करोड ४६ लाख ४३ हजार रुपेयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा यो रकम ६ करोड ४० लाख २६ हजार ४९० रुपैयाँ थियो। 

समीक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ६ अर्ब १५ करोड ७८ लाख ९० हजार रुपैयाँ रहेको छ। कम्पनीको रिर्जभ पनि ऋणात्मक रहेको छ । कम्पनीको रिजर्भ २२ करोड ६४ लाख ९२ हजार रुपैयाँ ऋणात्मक रहेको छ । यो अवधिसम्ममा कम्पनीको दिर्घकालिन कर्जा ७ अर्ब ८१ करोड २० लाख ३० हजार रुपैयाँ रहेको छ। अघिल्लो आर्थिकको तेस्रो त्रैमाससम्ममा कम्पनीको दिर्घकालिन कर्जा ५ अर्ब ६८ करोड ७४ लाख ३० हजार रुपैयाँमा सीमित थियो। 
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) -०.५३ रुपैयाँ रहेको छ ।     


Share this with your friends: