राष्ट्रिय बीमा संस्थानको बीमाशुल्क आर्जन रु. ४.५३ अर्ब, खुद मुनाफा ५२.३२%ले बढ्यो

2021-11-18
राष्ट्रिय बीमा संस्थानको बीमाशुल्क आर्जन रु. ४.५३ अर्ब, खुद मुनाफा ५२.३२%ले बढ्यो

काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्ममा ४ अर्ब ५३ करोड ३१ लाख १० हजार ३९७ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.६३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ४ अर्ब २१ करोड १७ लाख ४४ हजार ८६४ रुपैयाँ रुपैयाँ थियो। 

समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ७६ करोड ३० लाख ८७ हजार ६६३ रुपैयाँ आर्जन गरेको छ। जुन रकम गत वर्षको सोही अवधिको तुलनामा ३५.३० प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ५६ करोड ६२ लाख १३ हजार ५२५ रुपैयाँमा सीमित थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीले ९५ करोड ५७ लाख १२ हजार २७० रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ६८ करोड ३१ लाख २६ हजार ५४१ रुपैयाँ थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीले ३९.९० प्रतिशत बढी खुद दाबी भुक्तानी गरेको छ। 

पहिलो त्रैमासको अन्त्यसम्म कम्पनी १ करोड ५६ लाख ४७ हजार ३९० रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा ५२.३२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले १ करोड २ लाख ७२ हजार ४२७ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीकोे व्यवस्थापन खर्च १३.३२ प्रतिशतले बढेको छ। कम्पनीको व्यवस्थापन खर्च ८ करोड ८४ लाख ९९ हजार ७०३ रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको व्यवस्थापन खर्च ७ करोड ८० लाख ९८ हजार १६३ रुपैयाँ थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बिमा कोषको आकार बढेर ३७ अर्ब १४ करोड ३९ लाख ४५ हजार ०१८ रुपैयाँ भएको छ। यो आकार अघिल्लो वर्ष ३० अर्ब ४९ करोड ८ लाख ४७ हजार ३५० रुपैयाको थियोे। जगेडा तथा कोषको आकार २०.८२ प्रतिशतले वृद्धि भएर ३५ करोड ७७ लाख ७८ हजार ०५२ रुपैयाँ पुगेको छ। 


Share this with your friends: