रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा खनाल नियुक्त

2021-09-07
रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा खनाल नियुक्त

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा अर्जुन भद्र खनाल नियुक्त भएका छन् । खनाल कम्पनीको संस्थापक सेयरधनी सिद्धार्थ बैंक लिमिटेडको तर्फबाट सञ्चालकमा निुयुक्त भएका हुन् । 

बैंकको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकको निर्यायबमोजिम भदौ २१ गतेदेखि लागू हुनेगरी अर्जुनभद्र खनाललाई कम्पनीको सञ्चालकमा नियुक्त गरिएको हो । 

उनलाई यसअघिका सञ्चालक सुन्दरप्रसाद खनालको स्थानमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।  


Share this with your friends: