रिलायन्स लाइफको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-12-09
रिलायन्स लाइफको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(मंसिर २३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि (मंसिर २६ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्। मंसिर २४ गते शुक्रबार र २५ गते शनिबार दुई सेयर कारोबार नहुने भएकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांसका लागि योग्य हुनेछन् । 

कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि ५.२६३२ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको छ। 

यो लाभांस कम्पनीको आगामी पुस ११ गते आयोजना हुने चौथौँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ। 


Share this with your friends: