रिलायन्स लाइफको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

2021-12-26
रिलायन्स लाइफको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज कम्पनीको चौँथो वार्षिक साधारण सभा काठमाण्डौ शंखमुलमा रहेको अनमोल बैंक्वेयटमा सम्पन्न भएको हो । 

उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ५.२३६२ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ । यस्तै कम्पनीको नियमावलीमा प्रस्ताव भएबमोजिम संशोधन गर्ने र यसमा नियमनकारी नियकासबाट कुनै सुझाव वा निर्देशन भएमा सोहि बमोजिम गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विेशष प्रस्ताव गरिएको छ ।  

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिएको आ.व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असारमसान्तको वासलात, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिएको छ । 


Share this with your friends: