रिलायन्स लाइफको कामु सीईओमा कँडेल नियुक्त

2021-12-28
रिलायन्स लाइफको कामु सीईओमा कँडेल नियुक्त

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ)मा निराजन कँडेल नियुक्त भएका छन् । कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत कँडेललाई कामु सीईआको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो । उनलाई पुस १३ गतेदेखि लागू हुनेगरी कामु सीईओको जिम्मेवारी प्रदान गरिएको हो । 

कम्पनीका यसअघिका सीईओ प्रविण रमण पराजुलीको चार वर्षे कार्यकाल पुस १२ गते समाप्त भएको थियो । 


Share this with your friends: