रिलायन्स लाइफको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

2021-12-29
रिलायन्स लाइफको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। 

कम्पनीको कर्पोरेट कार्यालयसहित ५ स्थानमा सम्पन्न सो रक्तदान कार्यक्रममा जम्मा १४७ जनाले रक्तदान गरेका थिए।

कम्पनीले आफ्नो वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम सञ्चालन गरेको हो। 

कार्यक्रममा कम्पनीका सञ्चालक, सेयरधनी, रिलायन्स साथी, संघसंस्थाका प्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उपस्थिति थियो।


Share this with your friends: