लक्ष्मी बैंकद्वारा लाभांस प्रस्ताव

2020-12-15
लक्ष्मी बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको हिजो(मंसिर २९ गते)बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ९ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांस गरी कुल ११.५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। बैंकद्वारा प्रस्तावित लाभांसमा चुक्तापुँजीको ९ प्रतिशतले हुन आउने ८८ लाख ३१ हजार ३०३.५६ कित्ता बोनस सेयर र २.५ प्रतिशतले हुन आउने २४ करोड ५३ लाख १३ हजार ९८८ रुपैयाँ नगद लाभांस(कर प्रयोजनका लागि समेत) रहेका छन्। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी साधारण सभाबाट अनुमोदन गरी सेयरधनीलाई वितरण गरिनेछ। 

 


Share this with your friends: