विजय लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

2020-12-24
विजय लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस ड गते बसेको सञ्चालक समितिको बैठकले आठौँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आउँदो पुस २९ गते नवलपरासी गैडाकोट स्थित विजय विकास स्रोत केन्द्रमा बिहान ९ बजे भर्चुअल माध्यम जुम एप मार्फत एकसाथ सभा सञ्चालन गर्ने निर्णय गरेको छ। 

सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांस गरी कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै अन्य कुनै वित्तीय संस्था प्राप्ति गर्ने वा एक आपसमा गाभिने प्रयोजनका लागि उपसमिति गठन गरी उपयुक्त वित्तीय संस्था छनोट गर्न र यससँग सम्बन्धित सबै कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताप पारित गरिनेछ। 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असारमसान्तको वासलात, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ। 

संस्थाले साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि आउँदो पुस १७ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ पुस १६ गतेसम्म कायम सेयरधनीहरु मात्रै लाभांस प्राप्त गर्न र साधारण सभामा भाग लिनका लागि योग्य ठहरिनेछन्।   

 


Share this with your friends: