व्यक्तिगत जीवनमा किन आवश्यक छ बीमा ? यस्ता छन् कारण

2020-10-21
व्यक्तिगत जीवनमा किन आवश्यक छ बीमा ? यस्ता छन् कारण

काठमाण्डौ । तपाइँ र तपाइँका नजिकका आफन्तहरु भविष्यका अनिश्चित अवस्थाहरुबाट आथिर्क रुपमा सुरक्षित छन् भन्ने थाहा पाउँदा तपाइँको मनमा शान्ति छाउँछ भन्ने कुरालाई नकार्न सकिँदैन। मानव जीवनमा अनिश्चितता कुनै पनि समय आउँन सक्छ। जस्तै कि असामायिक निधन वा स्वास्थ्य आपतकाल। यसमा दुर्घटना वा सवारी साधन, सम्पत्ति इत्यादि को नोक्सानी पनि समावेश हुने गर्दछन्। 

यस्ता कठिन अवस्थाहरुबाट पार पाउन तपाइँलाई निकै ठूलो रकमको आवश्यकता पर्न सक्दछ। यसका लागि तपाइँले आफुले बचत गरेर राखेको रकम र परिवारले निकै मेहनत गरेर कमाएको सम्पत्ति प्रयोग गर्ने अवस्था सिर्जना हुन सक्छ। तसर्थ तपाइँको जीवन,स्वास्थ्य र सम्पत्तिसँग सम्बन्धित जोखिमहरुका लागि तपाइँ र तपाइँको परिवारलाई उपयुक्त कभरेज र वित्तीय आड प्रदान गर्ने बीमाको आवश्यकता पर्ने गर्दछ। 

बीमाको आवश्यकता 
वित्तीय जोखिम र घाटाहरुबाट आफ्नो परिवार र परिवारको सम्पत्तिको जोगाउन चाहने प्रत्येक व्यक्तिका लागि बीमा योजनाहरु फाइदाजनक हुने गर्दछन्। 
–बीमा योजनाहरुले तपाइँलाई आकस्मिक स्वास्थ्योपचारको भुक्तानी गर्न, अस्पतालको खर्च व्यहोर्न र भविष्यमा कुनै पनि रोग देखिए आवश्यक औषधोपचार गर्न सहयोग पुर्याउने गर्दछन्। 

–यस्तै आम्दनीको एक्लो स्रोतको रुपमा रहेको परिवारको कुनै सदस्यको मृत्युले निम्त्याउने वित्तीय घाटालाई समेत बीमा योजनाहरुले समेट्ने गर्दछन्। यदि बीमा गरेको व्यक्तिले आफ्नो जीवनकालमा घर कर्जा वा अन्य कुनै ऋण लिएको रहेछ भने परिवारलाई तिर्न सजिलो हुने गर्दछ। 

–बीमा योजनाहरुले यदि भविष्यमा तपाइँ परिवारको वरिपरी नहुँदा परिवारका सदस्यहरुलाई स्तरीय जीवनशैली जीउन सहयोग पुर्याउने गर्दछन्। बीमा कम्पनीहरुले प्रदान गर्ने एकमुष्ट रकमले परिवारलाई घरको खर्च धान्न मदत गर्ने गर्दछ। पोलिसीहोल्डरको दुर्घटना,मृत्यु वा स्वास्थ्य आपतकालको अवस्थामा बीमा रकमले तपाइँको परिवारलाई आर्थिक सहजता र सम्पूर्ण घरखर्च धान्न सघाउने गर्दछ। 

–बीमा योजनाहरुले तपाइँका बालबालिकाको भविष्य सुनिश्चित गर्न र उनीहरुको शिक्षाका लागि सघाउने गर्दछन्। तपाइँको अनुपस्थितीमा पनि उनीहरुले कुनै पनि सम्झौता बिना आफ्नो सपना र आकांक्षाहरुलाई पछ्याउन सक्छन्। 

–धेरैजसो बीमा योजनाहरु नियमित कभरेजका साथ बचत र लगानीका रुपमा आउने गर्दछन्। यसले नियमित लगानीका माध्यमबाट भविष्यका लागि सम्पत्ति तथा बचत निमार्ण गर्न सहयोग पुर्याउने गर्दछ। तपाइँले तिर्ने नियमित प्रिमियमको एक हिस्सा जीवन बीमा कभरेज र अर्काे हिस्सा तपाइँले भविष्यका आवश्यकता हेरी चयन गर्नु भएको बचत योजना वा लगानी योजनमा जाने गर्दछ। 

–बीमाले तपाइँको घरलाई अनिश्चित प्रकोप वा नोक्सानीबाट जोगाउन सहयोग गर्दछ। तपाइँको होम इन्स्योरेन्सले प्लानले घरको नोक्सानीलाई कभर गर्नुका साथै घर मर्मत सम्भारका लागि भुक्तानी गर्ने गर्दछ।   

 


Share this with your friends: