सगरमाथा इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

2021-07-14
 सगरमाथा इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभासम्पन्न भएको छ । कम्पनीको २४ औँ वार्षिक साधारण सभा कम्पनीको प्रधान कार्यालय नक्सालमा बिहान ११ बजे सभा आयोजना भएको थियो । 

कम्पनीको गत असार ३ गते बसेको सञ्चालक समितिको बैठकले २४ औँ वार्षिक साधारण सभा आह्वान गरेको थियो । 

सभामा कम्पनीको हालको चुक्तापूँजी १ अर्ब १२ लाख २२ हजार ९०० रुपैयाँको ११ प्रतिशत बोनस सेयर र ०.५७८९  प्रतिशत नगद लाभांस गरी कुल ११.५७८९ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ । 

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिएको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ । सभामा आ.व २०७६/७७ को लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्साना हिसाब, नगद प्रवाह विवरण र यससँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिएको छ । 


Share this with your friends: