सगरमाथा इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

2022-04-20
सगरमाथा इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको गत वैशाख ५ गते बसेको सञ्चालक समितिको बैठकले २५ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो । 

बैठकले आगामी वैशाख २८ गते बुधबारका दिन काठमाण्डौ लैनचौरमा रहेको लैनचौर बैङक्वेटमा बिहान १०ः३० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित २० प्रतिशत बोनस सेयर र १.०५२६३ प्रतिशत नगद लाभांस गरी कुल २१.०५२६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै कम्पनीको अधिकृत पूँजी २ अर्बबाट वृद्धिगरी ५ अर्ब रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 
सभामा निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीलाई गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धि कार्यका लागि सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । 

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा आ.व २०७७/७८ को लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्साना हिसाब, नगद प्रवाह विवरण र यससँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

कम्पनीले साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि आगामी वैशाख १६ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख १५ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन् । 


Share this with your friends: