सगरमाथा इन्स्योरेन्सद्वारा लाभांस वितरणको प्रस्ताव

2021-05-19
सगरमाथा इन्स्योरेन्सद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको जेठ ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्ष २०७६/७७ को मुुनाफाबाट कम्पनीको हाल कायम रहेका चुक्तापूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५७८९  प्रतिशत नगद लाभांस गरी कुल ११.५७८९ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 


Share this with your friends: