सगरमाथा इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

2021-06-23
सगरमाथा इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कमपनीको गत असार ३ गते बसेको सञ्चालक समितिको बैठकले २४ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो । 

बैठकले आगामी असार ३० गते बुधबारका दिन कम्पनीको प्रधान कार्यालय नक्सालमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको हालको चुक्तापूँजी १ अर्ब १२ लाख २२ हजार ९०० रुपैयाँको ११ प्रतिशत बोनस सेयर र ०.५७८९  प्रतिशत नगद लाभांस गरी कुल ११.५७८९ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । 

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा आ.व २०७६/७७ को लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्साना हिसाब, नगद प्रवाह विवरण र यससँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

कम्पनीले साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि आगामी असार १७ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार १६ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन् । 


Share this with your friends: