सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-07-01
सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्कट एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित ११ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १४०० रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता १५५४ रुपैयाँ कायम थियो ।
कम्पनीले आर्थिक वर्ष २०७६÷७७ का लागि चुक्तापूँजी १ अर्ब १२ लाख २२ हजार ९०० रुपैयाँको ११ प्रतिशत बोनस सेयर र ०.५७८९  प्रतिशत नगद लाभांस गरी कुल ११.५७८९ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । 

यो लाभांस कम्पनीको आगामी असार ३० गते आयोजना हुने कम्पनीको २४ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ। 


Share this with your friends: