समृद्धि फाइनान्सको ‘समृद्धि क्रमिक मुद्दति खाता’ सार्वजनिक, यस्ता छन् सुविधा

2021-06-10
समृद्धि फाइनान्सको ‘समृद्धि क्रमिक मुद्दति खाता’ सार्वजनिक, यस्ता छन् सुविधा

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अत्यन्तै आकर्षक ब्याजदरका साथ ‘समृद्धि क्रमिक मुद्दति खाता’ सार्वजनिक गरेको छ। उक्त खाता नेपाली नागरिक जोकसैले खोल्न सक्नेछन्। 

यो बचत खाता भविष्यमा बालबच्चालाई पढाउनका लागि रकम जम्मा गर्ने, छोराछोरीको विवाहका लागि क्रमिक रुपमा रकम जम्मा गर्ने अन्य प्रयोजनका लागि भविष्यका लागि रकम जम्मा गर्नेहरुका लागि यो योजना उपयोगी हुनेछ। यसका साथै आकर्षक ब्याज आम्दानी गर्ने व्यवसायी, गृहिणी, सरकारी तथा गैरसरकारी संस्थाका जागिरे व्यक्ति तथा अन्य व्यक्तिहरुलाई यो खाता विशेष लाभदायिक हुनेछ।  

उक्त खाता खोल्दा न्यूनतम मौज्दात १ हजार रुपैयाँ राख्नुपर्नेछ भने मासिक रुपमा कम्तीमा ५०० रुपैयाँ र बढीमा ५०० रुपैयाँले गुणा हुने रकम जम्मा गर्न सक्नेछन्। सो योजना ५ वर्षदेखि १५ वर्षसम्मको हुनेछ। ग्राहकले आफ्नो आवश्यकताअनुसार वर्ष रोजी उक्त रकम एकमुष्ठ भुक्तानी पाउनेछन्। 

अन्य बैंक तथा वित्तीय संस्थाको खातामा भन्दा यस संस्थाको समृद्धि क्रमिक मुद्दति खाता निम्न कारणले विशेष उपयोगी रहेको कुरा फाइनान्स कम्पनीका कार्यकारी अधिकृत टिकानिधि लोहनीले जानकारी गराए। 

उक्त समृद्धि क्रमिक मुद्दति बचत खाता खोल्ने ग्राहकहरुको दम्पतीको १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा हुनेछ।

–बच्चाको खाता भएमा उक्त रकमबराबरको अभिभावकको समेत बीमा हुनेछ। 
–ग्राहकलाई अवधि नसकिँदै रकमको आवश्यकता परेमा बचतको ९० प्रतिशत कर्जा लिन सकिने।
–ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्टमा २५ प्रतिशत छुट पाउनुका साथै कर्जा लिने ग्राहकले विशेष छुट पाउने।

यसका साथै कम्पनीले ‘समृद्धि एमबैंक’ मोबाइल एप्लिकेसनमार्फत नेपालमै पहिलोपटक मोबाइलबाटै रेमिटान्स पठाउन र पाउन सक्ने व्यवस्था गर्ने पहिलो फाइनान्स कम्पनी हो। अन्य डिजिटल पेमेन्टहरुका साथै संस्थाले आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङलगायतका सेवाहरु सञ्चालनमा ल्याएको छ। निक्षेपमा आकर्षक व्याजदरत्र कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा, शेयर कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ।

फाइनान्सले आफ्ना ५ वटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ। संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ। 

यसका साथै संस्थाले निकट भविष्यमै अनलाइन अकाउन्ट ओपनिङ, ई–केवाईसी अपडेटजस्ता डिजिटलमा आधारित विभिन्न सेवाहरु सञ्चालनमा ल्याउने भएको छ।


Share this with your friends: