समृद्धि फाइनान्सको कामु सिईओमा ४ वर्षका लागि लोहनी नियुक्त

2020-11-30
समृद्धि फाइनान्सको कामु सिईओमा ४ वर्षका लागि लोहनी नियुक्त

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृत(सिईओ) पदमा टिका निधी लोहनीलाई नियुक्त गरिएको छ। संस्थाले लोहनीलाई शर्त एवंम सम्झौता बमोजिमको तलब, भत्ता तथा अन्य सेवा सुविधा पाउने गरी ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो। 

संस्थाले एक सूचना जारी गर्दै संस्थाको नियमावली, एवम प्रचलित कानुन तथा अभ्यास एवम बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन,२०७३ को दफा ३० बमोजिमको काम कर्तव्य र अधिकार हुने गरी कामु सिईओ लोहनीलाई नियुक्त गरिएको जनाएको छ।    

 


Share this with your friends: