समृद्धि फाइनान्सले पायो भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति

2021-04-28
समृद्धि फाइनान्सले पायो भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति प्राप्त गरेको छ । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनीले वैशाख १४ गते नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति प्राप्त गरेको हो । 

जस अन्तर्गत डेविट कार्ड, मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग र क्यु. आर कोड सेवा फाइनान्स कम्पनीले संचालन तथा प्रदान गर्ने छ ।

यसै उपलक्ष्यमा यस फाइनान्सका ग्राहकहरुलाई मोवाइल बैंकिङ्ग र डेवीट कार्ड सेवा २०७८ असार मसान्त सम्म निशुल्क प्रदान गर्ने संस्थाले जानकारी गराएको छ । फाइनान्सले पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ । संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा रहेका छन् । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।

साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ्ग लगायतको प्रविधमा आधारित भुक्तानी सेवा पनि संचालनमा ल्याउन लागेको फाइनान्सले जनाएको छ । 


Share this with your friends: