साना किसान विकास लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

2020-12-28
साना किसान विकास लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले १९ औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आउँदो पुस २८ गते काठमाण्डौ तिनकुने स्थित संस्थाको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा भर्चुअल माध्यम(जुम मिटिङ)बाट आयोजना गर्ने निर्णय गरेको छ। 

उक्त सभामा सञ्चालक समितिले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको २५ प्रतिशत बोनस सेयर र १.३१ प्रतिशत नगद लाभांस गरी कुल २६.३१ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। 

यस्तै १३ औँ वार्षिक साधारण सभाबाट स्वीकृत भई हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभई बाँकि रहेको १२ हजार ४४२ कित्ता सेयरलाई लिलाम गरी बिक्री गनै नेपाल धितोपत्र बोर्डबाट प्राप्त निर्देशन अनुसार ३ हजार ३६८ कित्ता प्रवर्धक सेयर र ९ हजार ०७४ कित्ता सर्वसाधारण सेयर गरी रु.१०० दरका जम्मा १२ हजार ४४२ कित्ता सेयर लिलामी मार्फत बिक्री गरी प्रबन्धपत्रमा सोहि अनुसार संसोधन गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आ.व २०७६./७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अन्य आर्थिक विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आ.व २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि संस्थाले आउँदो पुस १६ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। 

 


Share this with your friends: