सानिमा जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

2021-04-29
सानिमा जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो।

बैठकले आगामी जेठ ११ गते मंगलबारका दिन काठमाण्डौ भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षणको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु तथा एनएफआरएस बमोजिमको वित्तीय विवरण छलफल गरी पारित गर्ने तथा आ.व २०७७÷७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

सभामा समूह(ख)अन्तर्गतको सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकका लागि निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ। 

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी वैशाख २९ गतेदेखि जेठ ११ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।  

 


Share this with your friends: