सानिमा लाइफद्वारा व्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा सतप्रतिशत छुटको घोषणा

2021-06-21
सानिमा लाइफद्वारा व्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा सतप्रतिशत छुटको घोषणा

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नबिकरण गर्दा सतप्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ । कम्पनीले बीमालेखको नविकरण बीमाशुल्क समयमा भुक्तानी गर्न छुट भएका बीमालेखहरु २०७७ माघ ३० गते वा सोभन्दा अघि सकस्ता तिर्नुपर्ने मिति भएका बीमालेखहरु व्यतित भएमा उक्त बीमालेख आगामी असार ३१ गतेसम्म नविकरण÷पुनर्जागरण गरे विलम्ब शुल्कमा पूर्ण छुट प्रदान गर्ने जनाएको हो । 

यस्तै कम्पनीले ई–सेवा, कनेक्ट आईपीएस, , खल्ती र पोन पेबाट समेत अनलाइन भुक्तानीको व्यवस्था मिलाइएको जनाएको छ । कम्पनीको बैंक खातामा बीमाशुल्क भुक्तानी गर्दा बीमितको नाम र बीमा लेख नम्बर अनिवार्य उल्लेख गर्न कम्पनीले अनुरोध गरेको छ ।  


Share this with your friends: