सानिमा लाइफ इन्स्योरेन्सले प्रदान गर्यो रु.१३ लाख बढी मृत्यु दाबी भुक्तानी

2021-06-27
सानिमा लाइफ इन्स्योरेन्सले प्रदान गर्यो रु.१३ लाख बढी मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको महेन्द्रनगर शाखाले कञ्चनपुर जिल्ला भिमदत नगरपालिका ०६ की सरस्वती कार्कीको परिवारलाई १३ लाख ५८ हजार ५ सय रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको हो । 

सरस्वती कार्कीको गत जेठ १३ गते कोरोना संक्रमणबाट निधन भएको थियो ।

जीवन बीमा गरेर जम्मा एक लाख रुपैयाँ भुक्तानी गरेपछि बीमितको निधन भएपछि निजकी श्रीमान प्रेम सिंह कार्कीलाई कम्पनीले बीमाङ्क रकम १३ लाख तथा बोनस समेत थप गरी कूल १३ लाख ५८ हजार रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीले मृतकी छोराहरु अपर्ण र आशिष कार्कीको उपस्थितिमा सो रकम बराबरको चेक हस्तान्तरण गरेको जनाएको छ ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख गणेश प्रसार उप्रेतीले बीमितका आश्रित परिवारलाई सो रकम हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा महेन्द्रनगर शाखाका शाखा प्रबन्धक रोशन भट्ट, बजार अधिकारी गणेशराज जोशी , सिएसई नन्द राज बिष्टसहित वरिष्ठ एजेन्सी म्यानेजरहरु राजेन्द्र बहादुर बिष्ट, अम्बा दत्त जोशी, धनेश्वरी बोकटी र बीरेन्द्र सिंह बोहरा, एजेन्सी म्यानेजर दौपति हल्दार, अभिकर्ता हिमाल जोशीको उपस्थिति रहेको थियो । 


Share this with your friends: